सल्यानबाट छोराको होटेलमा आउँदै गरेकी एक महिला तुलसीपुरमा लुटिएकी छिन् । तुलसीपुर बसपार्कमा नास्ता पसल सञ्चालन गरेका छोरालाई भेट्न आएकी सल्यान कुमाख गाउँपालिका– ३ रागेचौरकी ५१ वर्षीया निर्मला खत्रीको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १० बिजौरीका १८ वर्षीय नवीन सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
सल्यानबाट बसपार्कमा झरेर ती महिलाले छोरा–बुहारीले सञ्चालन गरेको नास्ता पसल खोज्दै गरेको अवस्थामा सुनारले त्यो पसलमा लगिदिने भन्दै बसपार्कको पुलनजिकै लगेर घाँटीमा लगाएको तिलहरी लुटेर भागेका थिए । सोही क्रममा उनले हारगुहार गरेपछि बसपार्कमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।