१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Sunday, 22 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३२ बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले सरकारबाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १७:५५:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेर सरकारबाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन्। बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका उनले यस्तो टिप्पणी गरेका हुन्।

समय–समयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकारबाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको महतको भनाइ छ। उनले संसद् समसामयिक विषयमा गहन रूपमा छलफल गर्ने, ऐनकानुनहरू बनाउने थलो भए पनि त्यस्तो बन्न एमालले नदिएको बताए।

‘नेपाली कांग्रेस जब विपक्षमा थियो। कहिल्यै पनि अनावश्यक रूपमा संसदलाई अवरुद्ध गर्ने काम गरेनाैँ। जे कुरा हो संसदभित्रै राख्ने हो। संसदभित्रै बहस गरेर निष्कर्ष निकाल्ने हो। नेकपा एमालेलाई के आग्रह गर्न चाहन्छौँ भने सहज रूपमा सरकार बन्ने बनाउने कुरा संसदको सर्वाधिकार हो। सांसदहरूले जसलाई बहुमतले सरकार बनाउँछ, त्यसलाई सहज रूपमा स्वीकार गर्नुपर्छ। सरकारमा नहुनेबित्तिकै त्यसलाई असहज बनाउने र सरकारभन्दा बाहिर बस्न सकिँदैन भन्ने मानसिकता राम्रो भएन,’ उनले भने।

अर्थमन्त्री महतले आर्थिक स्रोतहरू पर्याप्त जुट्न नसकेकाले मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको प्रस्टीकरण दिए। सरकारले मधेस प्रदेशलाई बजेट विनियोजनमा विभेद नगरेको उनको भनाइ थियो।