मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३२ बिहीबार ११:१६:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कुन अवस्थामा गरिन्छ पिसाब जाँच ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार ११:१६:oo

शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ । 

कारण 
अनेकौँ रोगका लागि पिसाबमार्फत अनेकौँ जाँच गर्न सकिन्छ । साधारणतया बहिरंग र अन्तरंग विभागबाट पठाइने जाँच भनेको सामान्य पिसाब जाँच मात्र हो । सामान्यतया निम्न अवस्थामा पिसाब जाँच गर्ने गरिन्छ : 
- पिसाब पोल्ने
- पिसाबमा रगत देखा पर्ने
- साबिकभन्दा छिटो पिसाब लाग्ने
- पिसाब निख्रिएर नआउने
- पिसाबको धारा मसिनो आउने
- अन्डकोष तथा तल्लो पेट दुख्ने
- कोखा दुख्ने र कामज्वरो आउने
- पिसाब चुहिने समस्या
- मूत्र प्रणाली तथा त्यसका वरपरका अंगसम्बन्धी कुनै शल्यक्रिया गर्नुपूर्व आदि ।

पिसाबमा के जाँच गरिन्छ ?
साधारणतया पिसाबको रङ, रूप, एसिडिटीको तह, सुगर र प्रोटिन हेरिन्छ भने माइक्रोस्कोपमा पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरू हेरिन्छ । यसरी हेरिने एक–एक कुराको विभिन्न रोग निदान गर्न आ–आफ्नै महत्व हुन्छ । अन्य जाँचमध्ये पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न किसिमका हर्मोनको जाँच, मूत्र प्रणालीको पत्थरीको विशेष जाँच इत्यादि हुन् ।

चिकित्सकले बिरामीको पिसाबबाट पिसाबको संक्रमण, मूत्र प्रणालीका केही रोग, मूत्र प्रणालीको क्यान्सर, मिर्गौलाको पत्थरीसम्बन्धी विभिन्न किसिमका अवस्थाबारे जानकारी लिने गर्दछन् ।