Skip This
बगैँचामा समय बिताउँदा...
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३२ बिहीबार १o:५७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बगैँचामा समय बिताउँदा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १o:५७:oo

- बगैँचामा समय बिताउनुका धेरै मानसिक तथा शारीरिक फाइदा छन् । बिरुवा रोप्ने, गोड्ने, काटछाँट गर्ने, पानी हाल्नेलगायत कामले शारीरिक अभ्यास गराउँछ । यसकारण तौल नियन्त्रण गर्न सहयोग पुग्छ । 

- बिहानको कलिलो घामबाट प्राप्त हुने भिटामिन डी हड्डी मजबुत बनाउन र रोगप्रतिरोधी क्षमता बढाउन महŒवपूर्ण हुन्छ । तसर्थ, बगैँचामा बिहानको समय बिताउनु राम्रो हुन्छ ।

- खुला स्पेसमा स्वच्छ हावा लिन पाउँदा आनन्ददायी महसुस हुन्छ ।

- बगैँचामा समय बिताउँदा मानिसले कम तनाव महसुस गर्छन् । दैनिक तनाव, व्यस्तता र चिन्ताबाट केही समयका लागि भए पनि छुटकारा पाइन्छ । 

- बिरुवाको गोडमेल गरेर बगैँचालाई चिटिक्क राख्नु आफैँमा सिर्जनात्मक काम हो । प्रकृतिसँग समय बिताउँदा बेग्लै ऊर्जा प्राप्त हुन्छ । ती बिरुवा हुर्किएर फल लागेको देख्दा मन प्रफुल्लित हुन्छ । यसले सकारात्मक ऊर्जा र सोच विकास गर्छ । 

- आफ्नै बगैँचामा केमिकलको प्रयोगविना उत्पादन गरिएको फलफूल र तरकारी स्वस्थकर तथा ताजा हुन्छन् । यसले स्वास्थ्यलाई फाइदा गर्छ ।