मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Wednesday, 05 February, 2025
नवीन गुरुङ संखुवासभा
२o८o श्रावण ३१ बुधबार ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा सभापोखरीस्थित एक घरमा आगलागी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार ११:४७:oo

संखुवासभाको सभापोखरी गाउँपालिका– १ लेब्राङ टोलमा एक घरमा आगलागी भएको छ।

स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति करिब १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। 

उनका अनुसार घटनाको खबर आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन भएको छ। अहिले सार्वजनिक मुचुल्का तयार पर्ने र क्षतिबारे अनुसन्धान भइरहेको हुँदा थप विवरण आउन बाँकी छ। 

आगलागीबाट मानवीय क्षति भएको छैन। घरभित्र रहेको अन्नपात र लत्ताकपडा भने सबै जलेर नष्ट भएको छ।