१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोल्पामा २६ दिनदेखि अवरुद्ध हवाईसेवा आजबाट सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo

हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा हवाईसेवा आजबाट सञ्चालन भएको छ । हवाईसेवा अवरुद्ध भएको २६ दिनपछि मात्र हवाईसेवा सञ्चालन भएको हो ।

मौसम खुलेसँगै झन्डै एक महिनापछि आजबाट हवाईसेवा सञ्चालन भएको समिट एयर डोल्पाका प्रमुख पूर्णजंग शाहीले जानकारी दिए । बर्खायाम सुरु भएसँगै मौसममा आएको खराबीका कारण उडान हुन नसकेको शाहीको भनाइ छ ।

हवाई उडान सञ्चालन भएसँगै नेपालगन्ज विमानस्थलदेखि तारा एयरले एउटा उडान गरेको छ । उडान भएपछि महिना दिनदेखि नेपालगन्ज र जुफाल विमानस्थलमा जहाज कुरेका यात्रुहरू गन्तव्यमा पुग्न पाएका छन् ।
 

ad
ad