१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लमजुङमा स्याउ र ओखरको व्यावसायिक खेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o७:oo

लमजुङको दोर्दी गाउँपालिका–४, दाम्राङको घिचे लेकमा २० वर्षदेखि बाँझो रहेको जग्गामा ओखर, स्याउ र टिमुरको व्यावसायिक खेती सुरु गरिएको छ । दोर्दी गाउँपालिकाको अध्यक्षसमेत रहेका युवराज अधिकारीको नेतृत्वमा राजेन्द्र वस्ती, श्याम बराली र राम पाण्डेले संयुक्त लगानीमा एक सय २० रोपनी जग्गा खरिद गरी ओखर, स्याउ र टिमुरको व्यावसायिक खेती सुरु गरेका हुन् । 

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि जुटेका चार युवाले गत वर्ष दाम्राङ एग्री इको टुरिजम प्राइभेट लिमिटेड नामको संस्था दर्ता गरेरै जिल्लामा पहिलोपटक ओखर र स्याउको व्यावसायिक खेती सुरु गरेका हुन् ।

ओखर, स्याउ र टिमुरको बगैँचा प्रवर्द्धनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लगानी गरिएको र फुलफेजमा उत्पादन भएपछि वार्षिक ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको सञ्चालक राजेन्द्र वस्तीले बताए ।

ओखर, स्याउ र टिमुरको बगैँचा प्रवर्द्धनका साथै यसको मुख्य उद्देश्य ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने रहेको अर्का सञ्चालक युवराज अधिकारीको भनाइ छ । समुद्री सतहदेखि १५ सयदेखि १९ सय मिटर उचाइमा उक्त खेती गरिएको छ । 

ad
ad