मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण ३० मंगलबार ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार ११:५४:oo

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७०औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशन आगामी १५ देखि १७ असोजमा गर्ने निर्णय गरेको हो । 

संघका महासचिव विमलराज भट्टराईका अनुसार अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारणसभा तथा अधिवेशनका लागि विभिन्न तयारी समितिहरू गठन गरेको छ । अधिवेशन सम्पन्न गर्नका लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । 

साधारणसभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतीक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट ब्याग तथा रजिस्ट्रेसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणका लागि सञ्जय कलवार जयसवाल, खाना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा ब्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनका लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको हो । त्यस्तै, संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मूल्यांकनका लागि संघका सल्लाहकार तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी–व्यवसायी सम्मानका लागि सल्लाहकार तथा पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव भट्टराईले जानकारी गराए ।