१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३० मंगलबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चेन्नईसँग आर्मी पराजित

भारतमा चलिरहेको डुरान्ड कपमा नेपालबाट प्रतिनिधित्व गरिरहेको त्रिभुवन आर्मी क्लब आइएसएल लिगमा सहभागी चेन्नईसँग ३–० ले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार o७:५३:oo

नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा पहिलो हार बेहोरेको छ । इन्दिरा गान्धी एथलेटिक मैदानमा सोमबार भएको खेलमा आर्मी इन्डियन सुपर लिग (आइएसएल) चेन्नई फुटबल क्लबसँग ३–० ले पराजित भएको हो । मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले २२ अगस्टमा हैदराबाद एफसीविरुद्ध अन्तिम खेल खेल्नेछ । चेन्नईको सहज जितमा फारुख चौधरी, रहिम अली र राफेल क्रिभेल्लारोले समान एक गोल गरेका थिए । हारसँगै आर्मीको दोस्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । 

नवयुग श्रेष्ठको कप्तानीमा रहेको आर्मीले दुई खेलबाट एक अंक जोडेको छ । आर्मीले पहिलो खेलमा दिल्ली एफसीसँग १–१ को बराबरी खेलेको थियो । समूहमा दुई खेलबाट ६ अंक जोडेको चेन्नई शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दिल्लीको दुई तथा हैदराबादको एक अंक छ । ६ समूहका शीर्ष टोली र उत्कृष्ट दुई उपविजेता क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । 

आर्मीविरुद्ध चेन्नईका फारुखले २२औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । आर्मीका रक्षकको गल्तीमा उनले सहज गोल गरेका हुन् । चेन्नईले खेलको ४०औँ मिनेटमा २–० को अग्रता लियो । यसपटक चेन्नईले पेनाल्टीमा गोल गरेको थियो । सुदिल राईले बक्सभित्र चेन्नईका खेलाडीलाई लडाएपछि चेन्नईले पेनाल्टी पायो, जसलाई रहिमले सदुपयोग गरे । खेलको ८३औँ मिनेटमा राफेल क्रिभेल्लारोले चेन्नईलाई ३–० को जित दिलाए । 

ad
ad
ad
ad