१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘क्वार्ज क्रिस्टल’ गोरखा दरबारपरिसरमै प्रतिस्थापन गर्ने निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:३९:oo

गोरखा नगरपालिका– ७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबारपरिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ। 

अलौकिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रूपमा लिएकाले जिल्लाबाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिइन्। 

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी संघसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज क्रिस्टललाई गोरखा दरबारपरिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रूपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो। 

आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिस्टललाई गोरखकाली मन्दिरपरिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरूले पूजा गर्न पाउनुपर्ने घरधनीले पनि इच्छा व्यक्त गरेको उनले बताए। 

सर्वपक्षीय बैठकमा औलोकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णयसमेत गरिएको थियो। 

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुंगाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुंगा ‘क्वार्ज क्रिस्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो। 

भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो। विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो। 

परीक्षणबाट उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुंगा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए। उक्त ढुंगा ५२ किलो तीन सय ३० ग्राम रहेको छ। गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुंगा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो। रासस 
 

ad
ad