१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Friday, 05 July, 2024
रासस कास्की
२o८o श्रावण २९ सोमबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक सय ५५ सहकारी एकीकरण

Read Time : < 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार o८:५२:oo

 गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ऐन कार्यान्वयनमा आएसँगै ०७९ चैतसम्म एक सय ५५ सहकारी एक–आपसमा एकीकरण भई ६५ भएका छन् । सहकारी रजिस्ट्रार कार्यालय पोखराका रजिस्ट्रार रोशन अर्यालले कास्की, बागलुङ, म्याग्दी, नवलपुर, गोरखा, तनहुँ, लमजुङ, 
स्याङ्जा र पर्वतका सहकारी संस्था एकीकरण भएको जनाउँदै मनाङ र मुस्ताङमा बाँकी रहेको बताए ।

उनका अनुसार सबैभन्दा धेरै कास्कीमा ५६, बागलुङ र म्याग्दीमा २७, नवलपुरमा १८, गोरखामा आठ, तनहुँमा सात, लमजुङमा पाँच, स्याङ्जामा चार र पर्वतमा तीन सहकारी संस्था एकीकरण भएका हुन् । एकीकरण हुनेमा बचत तथा ऋण, बहुउद्देश्यीय, सञ्चार, कृषि, दुग्ध उत्पादक, उपभोक्ता, साना किसान सहकारी रहेका अर्यालले जानकारी दिए । ऐनमा व्यवस्था भएबमोजिम दुई वा सोभन्दा बढी सहकारी संस्था एक–आपसमा गाभिएर सञ्चालनमा आएका उनको भनाइ थियो । 

ad
ad
ad
ad