१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धरेलको अध्यक्षमा एनसिएसएको नयाँ कार्यसमिति चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:१४:oo

नेपाल आरोहण खेल संघ (नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन)को छैटौँ महाधिवेशनले पर्यटन व्यवसायी हरिप्रसाद धरेलको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको छ। 

शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले धरेलको नेतृत्वमा सर्वसम्मत रूपमा संघको नयाँ कार्यसमिति चयन गरेको हो। 

संघको वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल, उपाध्यक्षहरूमा सुनारबहादुर गुरुङ र ल्हाक्पा शेर्पा निर्वाचित भएका छन्। महासचिवमा सन्तोष मादेन, सचिवहरूमा सुजित कँडेल र सन्जीव गुरुङ निर्वाचित छन्। 

कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्षमा प्रणिलमान श्रेष्ठ, सदस्यहरूमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्रराज दाहाल, मनराज सिम्खडा, राजेश धरेल, मन्जु गिरी र शिवबहादुर सापकोटा निर्वाचित भएका छन्।  

कार्यसमितिले प्रमुख सल्लाहकारमा गोविन्द भट्टराई र उपसल्लाहकारमा प्रमनारायण अधिकारीलाई मनोनीत गरेको छ। 

अधिवेशनको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका थिए। एनसिएसएसँग हातेमालो गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘एनसिएले भूमिका दियो भने टोखामा यस खेलको लागि जग्गा उपलब्ध गराउँनेछौँ। यसले टोखाको पर्यटन विकासमा समेत टेवा पुग्नेछ।’

ad
ad