मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २८ आइतबार o९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्षमा अंशुल केसी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार o९:५१:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौं जिल्ला अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन् । संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई अध्यक्षमा नियुक्त गरेका हुन् । केसी कांग्रेस नेता प्रकाशमान सिंहनिकट हुन् । यसअघि मनीष डँगोल अध्यक्ष रहेकोमा उनलाई केन्द्रीय सदस्य मनोनीत गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएको हो । 

केसी प्रतिनिधिसभा निर्वाचनमा नेविसंघका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक थिए । संगठनभित्र पकड रहेका केसीले काठमाडौंमा नेविसंघलाई सशक्त बनाएर लैजाने बताए ।

‘काठमाडौं जिल्लालाई नेविसंघको किल्लाको रूपमा विकास गरेर लैजानेछु,’ नवनियुक्त अध्यक्ष केसीले भने, ‘काठमाडौंमा नेविसंघको संगठनलाई थप सुदृढ र सशक्त बनाएर अघि बढाउनेछु ।’

नेविसंघका जिल्ला समितिहरूमा काठमाडौं जिल्ला समितिलाई सबैभन्दा बलियो मानिन्छ । नेपाल कमर्स क्याम्पस मीनभवनका नेविसंघ नेता केसी काठमाडौं जिल्लामा विद्यार्थी राजनीतिमा लोकप्रिय मानिन्छन् ।