१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साउनमा किन लगाइन्छ मेहदी ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o१:oo

साउनमा हिन्दू धर्मावलम्बीहरू भगवान् शिवको व्रत बस्दै आराधना गर्छन् । मेहदीले छालालाई पवित्र बनाउँछ भन्ने मान्यता छ । त्यही कारण पनि यस महिनामा महिलाहरू मेहदी लगाउँछन् ।  परापूर्वकालदेखि नै महिलाले मेहदी लगाउने चलन छ ।

यसलाई सुन्दरताको प्रतीकका रूपमा पनि लिइन्छ । साउनमा अत्यधिक वर्षा हुने तथा खेतिपातीको काम गर्नुपर्ने भएकाले पनि हातखुट्टामा हिलो लाग्ने, चिलाउने, घाउ हुनेलगायत समस्या धेरैमा देखिन्छ ।

यस्ता समस्या कम गर्न पनि मेहदीले भूमिका खेल्छ भन्ने मान्यताअनुसार नै प्राचीनकालदेखि विभिन्न वनस्पतिलाई पिसेर त्यसको मिश्रणलाई मेहदीका रूपमा लगाउने गरिएको छ । 

हिजोआज मेहदी आर्टिस्टहरूले विभिन्न आकर्षक डिजाइनका चित्रहरू तयार गर्छन् । हात र खुट्टामा कोरिएका मेहदीका रंगीन बुट्टाले महिलालाई स्टाइलिस देखाउँछ । 

ad
ad