मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Thursday, 19 December, 2024
२o८o श्रावण २२ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोटो शरीरमा सुहाउँछ यस्तो ड्रेसअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १२:२७:oo

मोटो शरीर भएका पुरुष आफ्नो शरीर भद्दा नदेखियोस् भनेर निकै चिन्तित हुन्छन् ।  ड्रेसअपमा ध्यान दिने हो भने मोटो शरीर भएका पनि स्टाइलिस देखिन सक्छन् । उनीहरूले टेलर वा बुटिकमा गएर शरीरको बनावटअनुसार कपडा तयार गर्नु राम्रो हुन्छ । मोटो शरीर भएका मानिसले ठाडो धर्का भएका कपडा रोज्नु राम्रो हुन्छ । यस्ता कपडाले शरीरलाई कम भद्दा देखाउँछन् । हाइट कम भएकालाई पनि यस्तो कपडा सुहाउँछ । 

  • मोटो शरीर भएकाले बजारको रेडिमेट कपडा किन्नुभन्दा पनि टेलर वा बुटिकमा भएर शरीरको बनोटअनुसार कपडा सिलाउँदा राम्रो हुन्छ । जसले गर्दा तपाईंको शरीरलाई फिटिङ देखाउँछ । 
  • मोटो शरीर भएकाले ओभरसाइज कपडा लगाउनुहुँदैन । धेरै टाइट कपडा पनि लगाउनुहुँदैन । ओभरसाइजले शरीरलाई झन् ठूलो देखाउँछ भने धेरै टाइट लगाउँदा शरीर नमिलेको देखिन्छ । हल्का लुज र आरामदायी महसुस हुने कपडा छान्नुपर्छ ।
  • मोटो शरीर भएका मान्छेले बढी क्रिज राखेको पाइन्ट रोज्नु ठीक हुँदैन । धेरै खुकुलो पाइन्ट लगाउँदा पनि मोटो व्यक्तिलाई राम्रो देखिँदैन । 
  • पातला शरीर भएका मानिस ठूलो बुट्टा भएका कपडामा पनि राम्रो देखिन्छन् । कतिपय मोटा मानिसले पनि यसबाट प्रभावित भएर उनीहरूले जस्तै ड्रेसअप गर्छन्, जुन गलत छ । मोटा मानिसलाई साना बुट्टा भएको सर्ट र टिसर्ट सुहाउँछ । यसले शरीर स्लिम देखाउन सहयोग गर्छ । 
  • मोटो शरीर भएकाले रङ चयनमा पनि उत्तिकै ध्यान दिनुुपर्छ । नेभी ब्लु र कालो रङको कपडा मोटो शरीर भएकालाई उत्तम हुन्छ । यस्ता रङको कपडाले मोटो शरीरलाई केही स्लिम र अग्लो देखाउन सहयोग गर्छ । 
  • मोटो शरीर भएकाले कटराइज, भेल्भेट, लेदरजस्ता मोटो कपडा छान्नुहुँदैन । कटनका हल्का कपडा छान्नु राम्रो हुन्छ ।