मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण २२ सोमबार o७:३४:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार o७:३४:oo

हाम्रा कर्मचारी किन दुर्गममा जान चाहँदैनन् ?
सरकारले निजामती कर्मचारीलाई २४ घन्टामा जहिलेसुकै काम गर्ने गरी, उसको पदीय मर्यादा र विशिष्ट ज्ञानलाई समेत ख्याल गरेर, शारीरिक अवस्थालाई ध्यानमा राखेर देशको जुनसुकै स्थानमा सरुवा गर्न सक्छ । म यहीँ सरुवा हुनुपर्छ भन्ने अधिकार कर्मचारीलाई छैन । उसलाई आफूले चाहेको स्थानमा सरुवा गर्नु सरकारको अधिकार हो । कर्मचारीले नियुक्त हुँदा लिएको शपथलाई बिर्सेर निजी स्वार्थबाट प्रेरित हुने तथा उत्तरदायित्वलाई गम्भीरतापूर्वक नलिने प्रवृत्ति दुःखद छ ।

यसमा राजनीतिक आशीर्वादको भूमिका कति जिम्मेवार छ ? 
हाम्रा कर्मचारीमा राजनीतिक आशीर्वाद र दबाबको बलमा आफूले चाहेकै स्थानमा जान खोज्ने प्रवृत्ति बलियो छ । उनीहरू राजनीतिको आडमा दबाब दिन्छन् र ठुल्ठूला नेता पनि तिनको दबाबमा पर्छन् । तर, सम्बन्धित मन्त्री र सचिव आफ्नो अडानमा अडिने हो भने यस्तो कुनै पनि दबाबले केही गर्न सक्दैन । मन्त्री र सचिवले कसैलाई च्याप्ने र कसैलाई फ्याँक्ने काम नगरी नियमसंगत ढंगमा चल्ने हो भने कर्मचारीले सरकारले खटाएको स्थानमा नगई सुखै पाउँदैनन् । 

अनुमानयोग्य प्रणाली विकसित गरी कर्मचारी सरुवालाई व्यवस्थित बनाउन सकिन्न ?
अनुमानयोग्य सरुवा प्रणाली लागू गर्न कठिन छैन । तर, कर्मचारीको स्वास्थ्य स्थिति, पदीय उत्तरदायित्व र विज्ञता आदि हेरेर पनि सरुवा गर्नुपर्ने हुन्छ । सबै ठाउँमा सबै प्रकारका दरबन्दी नहुन पनि सक्छन् । कतिपय अवस्थामा पारिवारिक र मानवीय पाटो पनि मिलाउनुपर्ने पनि हुन्छ । तर, यसको दुरुपयोग गर्ने प्रवृत्ति भने गलत छ ।