१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २१ आइतबार १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव अधिकार उल्लंघन गर्नेलाई आममाफी दिन सकिँदैन : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार १७:o३:oo

सत्तारुढ प्रमुख घटक कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिको मानव अधिकार हननका घटनामा संलग्नहरूलाई आममाफी दिने गरी सरकारले संसदमा पेस गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।

मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंमा  आयोजना गरेका संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरूका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि बढने बताएका हुन्।  

प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहीनता पनि समाप्त हुने ढंगले सो विधेयक संसदबाट पारित गराउने बताए। 

उनले मुलुकमा दण्डहीनताको अन्त्य हुने गरी विधेयकहरू अघि बढाउने विषयमा आफूहरूले गम्भीरतापूर्वक छलफल गर्ने बताए। प्रमुख सचेतक लेखकले सो विधेयक संक्रमणकालीन न्यायसँग भने सम्बन्धित नभएको पनि स्पष्ट पारे। 

सशस्त्र द्वन्द्वकालका न्याय निरूपणका लागि भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने उनको भनाइ थियो। 

प्रमुख सचेतक लेखकले मुलुकमा मानव अधिकार, कानुनको शासन र दण्डहीनताको अन्त्य गर्ने कुरामा आफूहरी सदैव सचेत रहेको पनि पटक-पटक दोहोर्‍याए।