१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २१ आइतबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोठालाई ताजा राख्ने ‘पोथोस’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार ११:४२:oo

कोठालाई आकर्षक बनाउन हामी विभिन्न सजावटका सामग्री प्रयोग गर्छौं । ती सामग्रीसँगै इन्डोर प्लान्ट राखेर हामीले कोठालाई नेचुरल लुक्स दिन सक्छौँ । पछिल्लो समय सहरी क्षेत्रमा यसरी इन्डोर प्लान्ट राख्ने चलन पनि बढेको छ । किनकी, इन्डोर प्लान्टले कोठालाई राम्रो देखाउने मात्रै नभएर हावा शुद्धीकरण गर्ने काम पनि गर्छ । बजारमा इन्डोर प्लान्टका धेरै बिरुवा पाइन्छन् । त्यसमध्ये पोथोस चलेको प्लान्ट हो । 

पोथोसले घरलाई निकै आकर्षक देखाउँछ । यसले हावा शुद्धीकरणको काम गर्छ । यसको बिरुवालाई विशेष गरी झ्याल, सिँढी, टेबल वा ¥याकमाथि राख्न सकिन्छ । यो लहरिएर जान्छ र फैलिन्छ । यसलाई सुत्ने कोठमा राख्दा अझै राम्रो हुन्छ । यसले पूरै कोठालाई ताजगी प्रदान गरेको अनुभव गराउँछ । यो प्लान्ट राखेको क्षेत्र उज्यालो बनाउँछ । यसलाई हेरचाह गर्न सजिलो छ । वर्षमा एकपटक कम्पोस्ट मल हाले पुग्छ । 

यसबाहेक स्नेक प्लान्ट, एरिका पाम, पिस लिली, चामाडोरा पाम, सिफोडिया पाम, फिलडल लिफ, रबर प्लान्ट, मोनेस्टेरा, फिलोडेन्ड्रनलगायत विभिन्न इन्डोर प्लान्ट पनि आकर्षक देखिन्छन् । सानो कदका इन्डोर प्लान्टमा पिस लिली, एन्थोरियम, स्पाइकर प्लान्ट, डाइफेनवेसिया, मनी ट्री, जेडजेड प्लान्ट, लक्की बेम्बो, बोन्साइ प्लान्ट, एग्लोनिया, पेडिलेन्यस, जेड प्लान्ट सालोम आदि पर्छन् । 

ad
ad
ad
ad