१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २१ आइतबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

किङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार ११:३३:oo

उद्यमशीलता शिक्षामा अग्रणी काठमाडाैंस्थित किङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।  

पछिल्लो समय सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको किङ्स कलेज र वैज्ञानिक अनुसन्धान केन्द्र, नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै ६ महिने परीक्षणात्मक तालिम कक्षा सञ्चालन गर्ने जनाएका हुन् । यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्न आवश्यक उच्च गुणस्तरीय कार्यक्रमको डिजाइन गरी वितरण गर्न किङ्स कलेज र नामीले हातेमालो गरेका हुन् ।

ad
ad
ad
ad