१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २० शनिबार
  • Saturday, 28 September, 2024
२o८o श्रावण २० शनिबार o५:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोलखा पहिरोमा बालकसहित दुईको मृत्यु, दुई बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २० शनिबार o५:५६:oo

दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा पहिरोमा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ । घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्तीमा बिहीबार राति खसेको पहिरोमा परी  १५ महिनाका बालक प्रिन्स थामी र ५० वर्षीया देवीमाया मगरको मृत्यु भएको छ ।

प्रिन्सका आमा, हजुरबुबा र हजुरआमा घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार देवीमायाका श्रीमान् ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिलाल श्रेष्ठ बेपत्ता छन् ।