१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीयले लगाए वडाध्यक्षको कार्यकक्षमा ताला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:o२:oo

बर्दियाको राजापुर नगरपालिका– ७ का स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। आफूहरूको धानबाली डुबानमा परेको भन्दै उनीहरूले वडा कार्यालय घेराउसँगै तालाबन्दी गरेका हुन् ।

१०–१२ वर्षअघिबाट चलनचल्तीको झरन (नाला) प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत बन्द गरिएको स्थानीयको आरोप छ। अहिले उक्त क्षेत्रमा रोपाइँ गरेको दुई सय बिघाभन्दा बढी धानबाली डुबानमा परेको छ।

बर्खायाममा डुबान पर्ने भन्दै यसअघि समस्या समाधानका लागि न्यायिक समितिमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको स्थानीय नरजंग शाहीले बताए। वडाध्यक्षले समस्या समाधान गर्छु भनेर आश्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफूहरू बाध्य भएर वडा कार्यालय घेराउ गर्न आएको शाहीले बताए।

आफूहरूको माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने स्थानीय सुरेन्द्र चौधरीले चेतावनी दिए।  स्थानीयहरूले वडा कार्यालय घेराउ गरे पनि वडााध्यक्षले आफू वडा कार्यालय आउन नसक्ने भन्दै पन्छिएको आरोप लगाएका छन्।

यता वडाध्यक्ष रामु थारूले न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खबर आएको र न्यायिक  समितिमार्फत उक्त समस्या समाधान गरिने बताए।

ad
ad