१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीबाट १४ जिल्ला कमिटी सदस्यसहित २८ जना एमालेमा फर्किए 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५३:oo

बर्दियाको मधुवन नगरपालिकाका नगर अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमालसहित नगर कमिटीकाे पूरै टिम नेकपा एमालेमा फर्किएकाे छ। अध्यक्ष रिमालसँगै जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी र सदस्यहरू एमालेमा फर्किएका हुन्। 

मधुवन नगरपालिकामा एमालेले आयोजना गरेको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज लीला गिरीले खादा र टीका लगाई पार्टीमा स्वागत गरेका थिए। 

मधुवनबाट नेकपा एमालेमा फर्कनेमा नेकपा (समाजवादी)का ११ जना जिल्ला कमिटी सदस्यसहित २५ जना छन्। त्यसैगरी राजापुर नगरपालिकामा जिल्ला कमिटी सचिवालय सदस्यसहित तीनजना जिल्ला कमिटी सदस्य एमालेमा फर्किए। 

एकीकृत समाजवादीबाट एमालेमा फर्कनेमा नगर अध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटी सचिव दुर्गाबहादुर रिमाल, जिल्ला कमिटी सचिवालय सदस्य तथा मधुवन– ५ इन्चार्ज यज्ञ मल्ल, जिल्ला कमिटी सदस्य मानबहादुर मल्ल छन्। 

त्यसैगरी जिल्ला कमिटी सदस्य एवं नगर उपाध्यक्ष टीकाराम थारू, जिल्ला कमिटी सदस्य एवं नगर सचिव पुस्करराज केसी, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ जिल्ला उपाध्यक्ष पुष्पा शाही, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ बर्दिया सदस्य पदम बुढा छन्। 

जिल्ला कमिटी सदस्यहरू कर्णबहादुर खड्का, हिरालाल भाट, धना पाण्डे, रेश्मी लोहार नेकपा एमालेमा फर्किएका छन्। त्यसैगरी नगर कमिटी उपसचिव खेमकुमारी थापासहित नगर कमिटी सदस्यहरू महेश सिग्देल, राम बोहरा, रामरतन चौधरी, देवकी रिमाल, छवि केसी, खिमा राजी, नरेन्द्रमान मल्ल, सुरज भण्डारी, शेरबहादुर खड्का, मीना खड्का, देवी गुरुङ, कल्पना थापामगर, रामबहादुर गुरुङ नेकपा एमालेमा फर्किएका छन्। 

त्यसैगरी, राजापुर नगरपालिकामा भएको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीबाट जिल्ला कमिटी सचिवालय सदस्य जयबहादुर साहु, जिल्ला कमिटी सदस्य घनश्याम थारू र कृष्ण शर्मा एमालेमा फर्किएका छन्। त्यसैगरी, ०७४ मा वडाध्यक्ष भएका फुलाराम थारू नेकपा (माओवादी) परित्याग गरी पुनः एमालेमै फर्किएका छन्। 

आफूले मिहिनेत गरेर बनाएको पार्टीमा फर्कन पाउँदा हर्षित भएको बताउँदै अध्यक्ष दुर्गाबहादुर रिमालले नगर कमिटीको अत्यधिक बहुमतले निर्णय गरेर नगरको सिंगो पार्टी नै नेकपा एमालेमा फर्किएको घोषणा गरेका छन्।
  
बर्दियामा नेकपा एमालेले साउन १५ गतेदेखि २२ गतेसम्म जिल्लाका आठवटै पालिकामा पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, पोलिटब्युरो सदस्य एवं बर्दिया इन्चार्ज लीला गिरीको नेतृत्वमा भएको एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।

ad
ad