![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/kausiqueen2023-08-03-09-55-36.jpeg)
कौसी खेती प्रवर्द्धनका लागि चौथो ‘कौसी क्विन– २०८०’ को आवेदन खुला गरिएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले विगत तीन वर्षदेखि कौसी क्विन प्रतियोगिता आयोजना गर्दै आएको छ ।
कौसी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने यस प्रतियोगितामा भाग लिनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा दशवटा फोटो र दश मिनेटसम्मको भिडियोे हलोखबर डटकमको इमेल आइडीमा पठाउनुपर्ने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी हुनेहरूले एक हजारबराबरको कौसी खेतीका सामग्री पाउने उनले बताए । प्रतियोगिताको उपाधि विजेता अर्थात् कौसी क्विनले ३० हजार मूल्यबराबरको ग्रिन हाउस, फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार र थर्ड रनरअपले १० हजार रुपैयाँबराबरका सामग्री पाउनेछन् । आवेदनका लागि भदौ १५ गतेसम्म समय तोकिएको श्रेष्ठले बताए ।