१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अनु आचार्य काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साउने फेसन फिभर : हरियो पहिरन र मेहदीमा किशोरीको रुचि

Read Time : > 1 मिनेट
अनु आचार्य, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o३:oo

अविवाहित महिलाले ग्रिनसँग यल्लो म्याच गरेर लगाउन रुचाउँछन् । उनीहरूको रोजाइमा कुर्था र टप्स पर्ने गरेको छ । कतिपयले वान पिस पनि लगाउँछन् ।

विवाहित महिला साउने सोमबारमा मेहदी, हरियो पोते र चुरा लगाएर आफ्ना पतिका लागि व्रत बस्ने चलन छ । अविवाहित र किशोरीहरू पनि व्रत बस्छन् । विशेषगरी उनीहरू हरियो चुरा र मेहदीमा सजिएर हिँड्न रुचाउँछन् । युनिक ब्युटी केयरकी ब्युटिसियन रोशनी शर्मा साउनमा धेरैजसो महिला हरियो पहिरनमा सजिएर हिँड्ने बताउँछिन् । ‘साउनको पहिलो हप्तादेखि महिलाहरू हरियो, पहेँलो र रातो कपडामा सजिन्छन्,’ उनले भनिन्, ‘किशोरीहरूको रुचि विशेषगरी हरियो कपडामा हुने गरेको छ । हरियो चुरा, मेहदी लगाउने फेसन पनि चलेको छ,’ उनले भनिन् । 

पछिल्लो समय भारतीय संस्कृतिको प्रभावले गर्दा हातमा मेहदीको बुट्टा भर्ने चलन बढ्दो छ । ‘यस समय मेहदी लगाउन धेरै महिला पार्लरमा आउनुहुन्छ । मेरोमा अविवाहितभन्दा विवाहित बढी आउँछन्,’ शर्माले भनिन्, ‘सोमबारको व्रत बस्नुअघि आइतबार मेहदी लगाउने टे«न्ड नै बसिसकेको छ । अविवाहितले राम्रो स्वामी पाऊँ भन्न र विवाहितले स्वामीको लामो आयुको कामना गर्दै मेहदी लगाउँछन्,’ उनले भनिन् । 

हिजोआज मेहदीसँगै आल्टा (हातमा रातो रङ) लगाउने चलन पनि बढेको शर्माले बताइन् । ‘पहिले बंगाली महिलाले मात्रै आल्टा लगाउँथे । तर, अहिले नेपाली महिलाले पनि लगाउन थालेका छन्,’ उनले भनिन्, ‘पहिले चुल्ठोमा धागो लगाउने चलन थियो । अहिले यस्तो चलन हटेको छ । भारतीय संस्कृतिले गर्दा शृंगारमा पनि परिवर्तन आएको छ ।’ 

शृंगारमा थपियो आल्टा मेरोमा हरेक सोमबार 
महिलाहरूको भिडभाड हुन्छ । मेरोमा अविवाहितभन्दा विवाहित बढी आउँछन् । सोमबारको व्रत बस्नुअघि आइतबार मेहदी लगाउने चलन अनिवार्यजस्तो बन्न थालेको छ । अहिले हातमा आल्टा (रातो बुट्टा) कोर्ने क्रम पनि बढेको छ । जब कि यस्तो टे«ेन्ड पहिले बंगालीहरूमा मात्रै थियो । महिलाले यस सिजन प्रायः हरियो, पहेँलो तथा रातो रङ मिसिएका कपडा लगाउन रुचाउने गरेका छन् । हरियो चुरा र धागो–पोतेको व्यापार पनि बढेको छ । 

कसलाई कस्तो पहिरन ?
फेसन डिजाइनर आकृति पन्त साउन महिनामा धेरैजसो महिलाको रोजाइमा हरियो रङको पहिरन नै रहेको बताउँछिन् । ‘हिजोआज कम्बिनेसन कलर बढी चल्तीमा छ,’ उनले भनिन्, ‘विशेषगरी साउनमा ग्रिनसँग एल्लो मिलाएर लगाउने चलन छ । तर, धेरैजसोले तिजलाई पनि ध्यानमा राखेर रेड, ग्रिन, पंक, मरुन पनि मिलाएर लगाउने गर्नुहुन्छ ।’ कुर्था सेट, साडी, गाउन, राजस्तानी भेल्भेटको साडी धेरैको रोजाइमा रहेको उनले बताइन् । 

विजेश्वरी प्लानिङ मनोहरास्थित सफाइयर स्टुडियोकी सञ्चालक तथा फेसन डिजाइनर प्रतीक्षा थापामगर विवाहित महिलाको रोजाइमा साडी र अविवाहितको रोजाइमा कुर्था–टप्स पर्ने गरेको बताउँछिन् । ‘साडी लगाउँदा हरियो र पहेँलो पोते, हरियो–पहेँलो तथा रातो चुरा र टीकाले आकर्षक लुक्स दिन्छ । ३०–४५ वर्ष उमेरसमूहका महिलाले साउनका लागि कुर्ता सेट, साडी एवं लेहेंगा चोली नै बढी अर्डर गर्ने गर्नुहुन्छ,’ उनले भनिन्, ‘विवाहित महिलाले हरियोसँगै पिंक र रेड कलरको पहिरन पनि अर्डर गर्ने गर्छन् । अविवाहित महिलाले ग्रिनसँग यल्लो म्याच गरेर लगाउन रुचाउँछन् । उनीहरूको रोजाइमा कुर्था र टप्स पर्ने गरेको छ । कतिपयले वान पिस पनि लगाउँछन् ।’

ad
ad