१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भारतसँग १० लाख टन धान खरिद गर्न सके चामल प्रतिबन्धको असर पर्दैन : अध्यक्ष दुगड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:o१:oo

नेपाल चामल, तेल–दाल उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्न सके चामल प्रतिबन्धको असर नपर्ने बताएका छन्। 

संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिबन्ध लगाए पनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्न सके चामल प्रतिबन्दको असर नपर्ने बताएका हुन्। 

अध्यक्ष दुगडले भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासी प्रतिबन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए। चामल आयातको प्रतिबन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने उनको भनाइ थियो। 

उनले नेपाल चामल, तेल–दाल उद्योग संघले सरकारसँग १० लाख टन धान आयात गर्न माग गर्ने बताए। उनले भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुन सक्नेप्रति सचेत गराए। 

मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष दुगडले नेपालको नयाँ धान नोभेम्बरमा आउने, तर त्यसभन्दा पहिला नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउने भएकाले थप चुनौतीपूर्ण अवस्था देखिएको बताए। 

अध्यक्ष दुगडले नेपालमा ५५ लाख धान उत्पादन भए चामलमा आत्मनिर्भर हुने, तर यकिन डेटा नभएर समस्या रहेको बताए। उनले सरकारी डेटा र चामलको खपत हेर्दा म्याच नभएकाे औँल्याए। 

उनका अनुसार नेपालमा वार्षिक २५ लाख टन चामल खपत हुने गरेको छ। भारतले बासमतीबाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुने गरी रोक लगाएको छ। 

अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको थियो। आर्थिक वर्ष ०७८/७९ मा भने नेपालले तीन खर्ब ४१ अर्ब रुपैयाँको कृषि वस्तु आयात गरेको थियो।
 
 

ad
ad