१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Friday, 05 July, 2024
तस्बिर : एपी ।
२o८o श्रावण १४ आइतबार १९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

सहआयोजक न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, नर्बेलाई गोलअन्तरको लाभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार १९:२८:oo

सहआयोजक न्युजिल्यान्डका लागि जारी फिफा महिला विश्वकप फुटबलको रौनक अब मैदानभित्र बाँकी रहेन। किनभने, डुनेडिन स्टेडियममा भएको खेलबाट न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ। 

समूह चरणको अन्तिम तथा अत्यन्त महत्वपूर्ण खेलमा स्विट्जरल्यान्डसँग जित निकाल्न नसकेपछि न्युजिल्यान्ड निराश बन्न बाध्य भएको हो। स्विट्जरल्यान्ड र न्युजिल्यान्डबीचको खेल गोलरहित बराबरीमा टुंगियो। 

न्युजिल्यान्डमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो।

बराबरीका बाबजुद स्विट्जरल्यान्ड समूह ‘ए’ बाट शीर्षस्थानमा रहँदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्विट्जरल्यान्डले समूह चरणमा ३ खेलबाट पाँच अंक बटुल्यो भने न्युजिल्यान्ड ४ अंक जोडेर पनि तेस्रो स्थानमा रहन बाध्य भयो। समान तीन खेलबाट ४ अंक नै आर्जन गरेको नर्वे गोलअन्तरका कारण उपविजेता बन्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्‍यो। 

समूह ‘ए’ मै रहेको नर्वेले अन्तिम खेलमा फिलिपिन्सको पोस्टमा ६ गोल दाग्यो। १० खेलाडीमा समेटिएको फिलिपिन्स कुनै पनि वेला नर्वेमाथि हाबी हुन सकेन। 

ad
ad
ad
ad