१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कस्तो बन्दै छ चक्रपथकाे दोस्रो खण्ड ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:१४:oo

चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलंकी–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ।

चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलंकी खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अन्डरपास र ओभरपासको संख्यालगायत फरक किसिमको हुने सडक विभागको भनाइ छ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ। पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो। 

पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्कोतर्फबाट जाने थियो। यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुईतर्फको लेन छुट्टिनेछ। सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा. जैसीले बताए। 

चक्रपथको पहिलो खण्डमा ठाउँठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ। विभागले दुईतीन ठाउँका चोकमा ‘अन्डरपास’ र ‘ओभरपास’लगायत संरचना निर्माणका लागि पहल गरेको छ। 

सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो। त्यो वेला अन्डरपास निर्माण गर्ने कुरा उल्लेख थिएन। पहिले नभएको नक्सा परिवर्तन गर्न गाह्रो हुने उल्लेख गर्दै  उनले भने, ‘भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भन्नुभएको छ।’

चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीनवटा मात्रै आकाशे पुल बनाएको थियो । त्यो मात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ स्थानमा आकाशे पुल निर्माण गरेको थियो।

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलंकीदेखि अगाडिसम्मको सडक निर्माण गर्न इच्छा देखाएको थियो। सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो।  

पाइपलाइन, विद्युतका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा काममा ढिलाइ भइरहेको थियो। 

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन। सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गरिएको विभागले बताउँदै आएको छ। 

कोटेश्वर–कलंकी सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन्। चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो। सरकारले मुख्य सडकभन्दा बाहिरपट्टि दुवैतर्फ सर्भिस ट्याक निर्माण गर्दा यो सडक १० लेनको बनेको थियो। 

चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडाैं गरी दुवै जिल्लामा परेको थियो। दोस्रो खण्ड भने काठमाडौंमा मात्रै छ। चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो। स्वयम्भु, महाराजगन्जलगायत स्थानमा निर्माण स्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलंकीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो। 

ad
ad