१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस नयाँ दिल्ली
२o८१ बैशाख २२ शनिबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतलाई आइएमएफको आग्रह

Read Time : < 1 मिनेट
रासस, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५८:oo

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ।

आइएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताउँदै प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको बताएको छ। भारत सरकारले जुलाई २० मा बासमतीबाहेक सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ।’

आइएमएफले यस वर्ष भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५.३ प्रतिशतभन्दा निकै बढी हो।

‘सन् २०२२ को निकै बलियो प्रदर्शनपछि यो सन्तुलित छ। तर, हामीसँग सन् २०२३ का लागि ०.२ प्रतिशत विन्दुको उल्टो पुनरावलोकन छ र यो वास्तवमा सरकारी तथा निजी लगानीको साथ सन् २०२४ को लागि धेरै बलियो अन्त्यको दस्तक–प्रभाव हो,’ आइएमएफ अनुसन्धान विभागका विभाग प्रमुख डेनियल लेहले भने।

ad
ad