१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १० बुधबार o८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिबिसी स्टार्टअप फेस्टमा स्टाइरोफोम विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार o८:१७:oo

द ब्रिटिस कलेज (टिबिसी) स्टार्टअप फेस्ट प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गर्दै सम्पन्न भएको छ । टिबिसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हासिल गरेको छ । 

शीर्ष १० टिमले आ–आफ्ना विचार राखेकामा सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने रधिक थापाको नेतृत्वमा रहेको यो टिमले ‘रिसाइकल एन्ड स्टाइरोफोम युजिङ मिल वर्मस एज अ प्रोसेस अफ डिकम्पोजिसन’बारे विचार प्रस्तुत गरेको जनाइएको छ । विजेता टिमले एक लाख नगद पुरस्कारका साथै टिमका सदस्यहरूले टिबिसीको इन्क्युबेसन सेन्टरको एक्सेससमेत पाएको कलेजले जनाएको छ । 

दोस्रो स्थान हासिल गर्ने ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ता भर्ना गर्नेबारे विचार प्रस्तुत गरेको जनाइएको छ । उनीहरूले पुरस्कारस्वरूप ७५ हजार रुपैयाँ प्राप्त गरेको उल्लेख छ । तेस्रो स्थान प्राप्त गर्ने ‘बायो–इन्जाइम’ टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको जनाइएको छ । उनीहरूले वातावरणमैत्री सफाइका उत्पादनबारे विचार प्रस्तुत गरेको कलेजले जनाएको छ । 

टिबिसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीका लागि आफ्नो उद्यमशील विचार प्रस्तुत गर्ने र उनीहरूको स्टार्टअपमा लगानी गर्ने उद्देश्यले सुरु भएको कलेजको भनाइ छ । प्रतियोगिताको पहिलो दिन देशभरका विभिन्न कलेजका ५० जना विद्यार्थीले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । तीमध्ये उत्कृष्ट १० विचारलाई अघिल्लो चरणका लागि छनोट गरिएको थियो ।

उत्कृष्ट १० विचारमा सहभागी भएका ५० जना विद्यार्थीमध्येबाट पाँच टिम बनाइएको र उक्त टिमका सदस्यलाई शनिबार विशेषज्ञ तथा टिबिसीका प्रोफेसरले ग्रुमिङ सेसन दिएको जनाइएको छ । सेसनका माध्यमबाट विद्यार्थीले थप ज्ञान प्राप्त गरी आफ्नो विचारलाई सुधार गर्ने र अझै राम्रो प्रस्तुत गर्ने अवसर पाएको कलेजले जनाएको छ । 

प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार प्रस्तुत गर्ने अवसर दिएको टिबिसीका बिजनेस स्कुल विभागकी प्रमुख सुनीता बस्नेतले बताइन् । ‘ब्रिटिस कलेजले नेपालको स्टार्टअप र उद्यमशील इकोसिस्टममा योगदान पुर्‍याउने लक्ष्य राखेको र स्टार्टअप फेस्ट यसै उद्देश्यको हिस्सा हो,’ बस्नेतले भनिन्, ‘उद्यम, प्रभाव र एसडिजीसम्बन्धी पाठ्यक्रमहरू प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा हाम्रा लागि युवाका विचारलाई वास्तविकतामा परिणत गर्न प्लेटफर्म दिनु आवश्यक छ ।’

ad
ad
ad
ad