१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अनुसन्धानका लागि भन्दै व्यापारीको सुन बरामद गरेर घुस लिने डिएसपी केसी बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:५५:oo

घुस लेनदेनमा संलग्न भएको ठहर गरी गृह मन्त्रालयले नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई मंगलबार बर्खास्त गरिएको हो ।

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले केसीको निवासबाट ३५ तोला सुन र स्रोत नखुलेको रकम बरामद गरेको थियो । त्यतिवेला उनी इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख थिए । 

बुटवलका एक व्यवसायीको सुन अनुसन्धानका नाममा बरामद गरी उनले १५ लाख घुस मागेको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि गोप्य टोली खटाएको थियो । कास्कीमा सरुवा भएर रमाना लिने दिन उनी रंगेहात पक्राउ परेका थिए । 

प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा केसीले गम्भीर किसिमको अनुचित कार्य गरेको निष्कर्ष निकाली कानुनी कारबाहीको सिफारिस गरेको थियो । जसअनुसार उनी बर्खास्त भएका हुन् । उनी पुसदेखि नै निलम्बनमा थिए । 

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । केसीले घुस लिएको रकम श्रीमतीको बैंक खातामार्फत लेनदेन गरेकोसमेत अख्तियारको छानबिनमा खुलेको छ । अख्तियारले उनीविरुद्ध छुट्टै मुद्दा दायरको तयारी गरेको छ ।

ad
ad