मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण ९ मंगलबार १९:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १९:२४:oo

निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले रोकिएको रकम भुक्तानी माग गर्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले निर्माण व्यवसायीहरूले काम गरेपछि पाउनुपर्ने भुक्तानी रोकिएको भन्दै तत्काल पाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमार्फत र निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका हुन्। 

निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका सहकोषाध्यक्ष राजेश भेटवालले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारले निर्माण व्यवसायीलाई समयमा कामको भुक्तानी नगर्दा निर्माण उद्योग समस्यामा परेको बताए। सरकारले अमूर्त रूपमा म्याद थप गर्न गरेको निर्णय अस्वीकार्य रहेको भन्दै उनले सबै आयोजनाहरूको एकमुष्ट म्याद थप गर्न पनि माग गरे।

निर्माण व्यवसायी संघ मकवानपुरका कार्यबाहक अध्यक्ष सागर कटुवालले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई सम्बोधन गर्ने गरी मूल्य समायोजन गर्नुपर्ने बताए। 

निर्माण व्यवसायी महासंघले नौबुँदे माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।