१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देउखुरीमा दर्जनभन्दा बढी घर डुबानमा   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:२९:oo

दाङकाे देउखुरीका दर्जनभन्दा बढी घर डुबानमा परेका छन्। सोमबारदेखि लगातार परेको वर्षाले देउखुरीका विभिन्न स्थानमा घर डुबानमा परेका हुन्। डुबानमा परेका केही घर  भत्किएका छन्।

दाङ राजपुर गाउँपालिका वडा– ५ स्थित भुर्किहवाका १०–१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए। राप्ती नदीमा पानीको सतह बढेकाले बिहान ८ बजेतिर ती घरहरू डुबानमा परेका हुन्  

त्यस्तै, लमही नगरपालिका– १ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुबानमा परेका छन्। डुबानमा परेका घरहरूबाट सरसामान र मानिसलाई उद्धार गर्ने कार्य भइरहेको छ। 

लमही– १ सुनडवरीनिवासी ७० वर्षीय निमबहादुर साकीको फुसले छाएको घरमा पानी पसेको र घरभित्र रहेका दुईजनालाई उद्धार गरिएको छ। 

त्यस्तै, लमही– ३ कान्तिपुरका रामबहादुर कुमालको एकतले घरमा पानी पसेको र डुबानपछि छतमा रहेकाहरूको उद्धार जारी छ। यस्तै  सोही ठाउँका सुशील कुमालको दुईतले र दयाराम चौधरीको घर डुबानमा परेका छन्। कुमाल र चौधरीको घरबाट डुबानअघि नै मानिस स्थान्तरण भएका थिए। 

बर्सातले गर्दा दाङमा एक घर भत्किएको छ। राजपुर गाउँपालिका वडा– २ निवासी ३० वर्षीया पुष्पा नेपालीको एकतले खरले छाएको घर भत्किएको हो। कच्ची घरको एकातर्फको भित्ता मंगलबार बिहान १० बजेतिर भत्किएको हो। उनलाई नजिककै ग्वाते कुमालको घरमा सारिएको छ। 

नियमितको बर्सातले कालाकाटे–गोबरहिडा सडक अवरुद्ध भएको  छ। हुलाकी सडकअन्तर्गतको उक्त सडक बिहानदेखि अवरुद्ध छ। विभिन्न स्थानमा बाढी आएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, बेला–लमही सडकखण्डअन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ। 

ad
ad