१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Wednesday, 03 July, 2024
२o८o श्रावण ९ मंगलबार १o:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

धुलिखेलमा ‘दुसित थानी हिमालयन रिसोर्ट’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १o:३५:oo

काभ्रेको धुलिखेलमा हाइइन्ड लक्जरी रिसोर्ट ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । धुलिखेलको बौद्ध तीर्थस्थल नमोबुद्धनजिक रहेको रिसोर्टको सोमबार ‘सफ्ट ओपनिङ’ गरिएको हो । थाइल्यान्डको हस्पिटालिटी कम्पनी दुसित इन्टरनेसनलले होटेलको व्यवस्थापन सम्हालेको छ । दुसितको फ्ल्यागसिप फाइभ स्टार ब्रान्ड दुसित थानी नेपाल भित्रिएको हो । दुसित थानीको अर्थ ‘टाउन इन हेभेन’ हो । रिसोर्ट वरिपरिको प्राकृतिक सुन्दरता, १८० डिग्रीमा देखिने हिमालय रेन्ज र ऐतिहासिक सम्पदाहरूले स्वर्गको सहरलाई यथार्थ परिभाषित गरेको रिसोर्टका नेपाली साझेदार एवं धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । 

दुसित थानी रिसोर्टमा मुख्य लगानी विदेशी साझेदार कम्पनी ओमस्टोन एसियाको रहेको छ । गैरआवासीय नेपाली संघ, थाइल्यान्डका पूर्वअध्यक्षसमेत रहेका हमाल नेपाली साझेदार हुन् । उनैको पहलमा चेन होटेल ब्रान्ड दुसित थानी नेपाल भित्रिएको हो । ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट निर्माणमा करिब दुई अर्ब ५० करोड लगानी भएको जनाइएको छ । दुसित थानीको प्रवेशसँगै नेपालको लक्जरी पर्यटनमा नयाँ आयाम थपिएको उनले बताए । 

पहिलो चरणमा रिसोर्टमा २८ वटा कोठा सञ्चालनमा आएका छन्, जसमा चारवटा स्विट रुम छन् । दोस्रो चरणमा सन् २०२३ को अन्तिमसम्म ४४ कोठा थपेर ७२ पुर्‍याउने लक्ष्य रहेको छ । रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा आउँदा कोठाहरू ८९ पुग्ने उनको भनाइ छ । रिसोर्टको फेमिली स्विट भिल्लाहरूमा बेडरुमदेखि किचन र डाइनिङ हलसमेत रहेको छ । रिसोर्टमा हिमालय रेन्ज र पाँचखालको उपत्यका देखिने आकर्षक इनफिनिटी स्विमिङ पुल र आउटडोर ज्याकुजी रहेको छ । लक्जरी पाँचतारे रिसोर्टमा उपलब्ध हुने सम्पूर्ण सुविधा रिसोर्टमा उपलब्ध गराइएको छ । 

रिसोर्टको सञ्चालक कम्पनी ओमस्टोन एसिया क्यापिटल नेपाल प्रालिका संस्थापक साझेदार मरभेन्द्र मोरले भने, ‘मैले सुरुवातदेखि नै सुन्दर हिमालयनजिक रिसोर्ट सञ्चालन गर्ने परिकल्पना गरेको थिएँ, जहाँ आउने अतिथिहरूले उच्च विलासी वातावरणको अनुभव गर्न सकून् । जब तपाईंको प्यासन र सपना साकार हुन्छ, त्यतिवेला अर्कै खालको आनन्द अनुभूति हुन्छ, आज मैले विश्वका लागि ढोका खोल्न पाउँदा खुसी र गौरवान्वित महसुस गरेको छु ।’

ओमस्टोन एसिया क्यापिटल नेपालकी प्रबन्ध निर्देशक बबिता हमालले भनिन्, ‘हामी विश्वलाई हाम्रो विलासिताको अनुपम भव्यता अनुभव गर्न आमन्त्रित गर्न पाउँदा गौरवान्वित छौँ, हामी रिसोर्ट र धुलिखेललाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न तत्पर छौँ ।’

दुसित थानी हिमालयन रिसोर्ट प्रिमियम लक्जरी रिसोर्ट हो । यहाँ बस्नका लागि अतिथिले प्रतिदिन प्रतिकोठा न्यूनतम ३५ हजार रुपैयाँभन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ । रिसोर्टमा भिल्लाहरूको प्रकारअनुसार अधिकतम डेढ लाख रुपैयाँसम्म मूल्य तोकिएको बताइएको छ ।
 

ad
ad
ad
ad