१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री र राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:५६:oo

संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघ र सम्बद्ध निकायको सहयोगका लागि प्रधानमन्त्रीको अपेक्षा, पूर्णता दिने प्रयासमा पनि सहयोग गर्ने महासचिवको आश्वासन

संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन २०२३ मा भाग लिन इटालीको रोम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संक्रमणकालीन न्याय टुंग्याउन लिएको पहलबारे जानकारी दिँदै राष्ट्रसंघ र सम्बद्ध निकायको सहयोगको अपेक्षा गरेका छन् । 

संसद्मा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई थप सुदृढ बनाउन भइरहेका प्रयासबारे प्रधानमन्त्रीले महासचिव गुटेरसलाई जानकारी गराएका छन् । महासचिव गुटेरसले संक्रमणकालीन न्याय प्रक्रियालाई पूर्णता दिने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने आश्वासन प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् । 

‘मैले राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरससँग जलवायु परिवर्तनलगायतका मुद्दाबारे गहन छलफल गरेँ,’ बैठकपछि प्रधानमन्त्री प्रचण्डले ट्विटरमा लेखेका छन् । न्युयोर्कस्थित नेपाली स्थायी नियोगले संक्रमणकालीन न्यायप्रक्रियामा सहयोग र सद्भावका लागि ध्यानाकर्षण गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरसबीच राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सुरक्षाकर्मीको भूमिकाबारे छलफल भएको छ । महासचिव गुटेरसको प्रवक्ता कार्यालयद्वारा जारी विज्ञप्तिमा शान्ति स्थापक मिसनमा नेपाली सेनाको सहभागिताबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको थियो । महासचिव गुटेरसले नेपाली सुरक्षाकर्मीको योगदानको प्रशंसा गरेका छन् । गुटेरसले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको प्रयासमा पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।

सोमबारै प्रधानमन्त्रीले खाद्य सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विद्यालयमा खाजा कार्यक्रमले विद्यार्थीको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यसले विद्यालय छाड्ने दर घटाएको प्रधानमन्त्रीको भनाइ छ । विद्यालयमा खाजाको पहुँच बढाउन अझै मिहिनेत गर्नुपर्ने र साना मुलुकहरू प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो । नेपालले शिक्षा क्षेत्रमा पछिल्लो पाँच वर्षयता ६ गुणाले बजेट बढाएको र विद्यालय खाजा कार्यक्रमले विद्यार्थीमा राम्रो नतिजा हासिल गरेको उनले उल्लेख गरे । 

ad
ad