१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ८ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ८ सोमबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कम्युनिस्ट विभाजनले  नोक्सान मात्रै हुन्छ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ८ सोमबार o८:५१:oo

 एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्टहरूको विभाजनले नोक्सान मात्रै हुने दाबी गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आइतबार कीर्तिपुरमा गरेको कार्यक्रममा नेपालले कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताए । 

नेकपा एकता अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्ट शक्तिहरू मिल्नुपर्नेमा जोड दिएपछि नेपालले कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर आफ्नै पारामा चलिरहे पनि मिल्न सक्नेजति मिल्दै जानुपर्ने बताएका हुन् ।

कम्युनिस्टहरूलाई जति मिलाउन सकियो त्यति शक्ति आर्जन हुने नेपालको भनाइ छ । उनले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाऔँ भनेर जोड दिनुभयो । सबै कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर बसेका छन्, आ–आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेस खानुहुँदैन । उहाँको संकल्प, भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो–जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जाने हो । यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मिहिनेत गरेर प्रयत्न गर्नुपर्छ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन हाम्रोतर्फबाट प्रयत्न हुनेछ ।’

कार्यक्रममा गौतमले सबै कम्युनिस्टलाई एकताबद्ध हुन आह्वान गरे । समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि दुई–तीन पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने उनको भनाइ थियो । ‘सबै कम्युनिस्ट एकतामा आऔँ । मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवाद, कृषि, उद्योगधन्दाको क्षेत्र कहाँबाट सुरु गर्न सकिन्छ, सबै लागौँ,’ गौतमले भने ।

ad
ad
ad
ad