मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ७ आइतबार १३:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सात महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी विनिमय सञ्चिति कायम गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार १३:४६:oo

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ। 

मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ। 

यस्तै, मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने नीतिमा उल्लेख छ। 

मौद्रिक नीतिले बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखेको छ। 

नीतिले यस्तै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गर्ने जनाएकाे छ।