१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चौतारीका अध्यक्ष बस्नेतविरुद्धको उजुरी फिर्ता गर्न गृहलाई पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संगठनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:१२:oo

नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संगठनहरूले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृह मन्त्रालयका तर्फबाट नेपाल प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी फिर्ता लिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

महासंघसहित प्रेस चौतारी नेपाल, प्रेस युनियनलगायतका सञ्चारसम्बद्ध संगठनहरूले विज्ञप्ति प्रकाशित गरी उजुरी फिर्ता लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् ।

महासंघका सचिव गोविन्द चौलागाईंले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको बताएका छन् ।

‘चौतारी अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासनसमक्ष जोडदार माग गर्दछ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नसमेत आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

चौतारीका महासचिव हीरामान लामाले सत्ताउन्मादमा प्रश्न सोध्न पाउने संवैधानिक जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर सरकारले निरंकुशताको अभ्यास गर्न खोजेको भन्दै उजुरी फिर्ता लिएर माफी माग्न भनेका छन् । उनले उजुरी फिर्ता नलिए चौतारीले देशभर सशक्त आन्दोलन चलाउने चेतावनी दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एकजुट हुन सबैलाई अपिल गरेका छन् ।

प्रेस युनियनका महासचिव दिलीप पौडेलले गृहमन्त्रीले नै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु प्रेस स्वतन्त्रामाथिकै हमला र निन्दनीय कार्य भएको जनाएका छन् । उनले उजुरी फिर्ता लिएर अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् ।

ad
ad