१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फिफा वरीयतामा नेपाल पहिलेकै स्थानमा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४७:oo

विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल पहिलेकै स्थानमा यथावत् छ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औंँ स्थानमा छ।

नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बंगलादेश १८९औँ, पाकिस्तान २०१औँ र श्रीलंका २०४औँ स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी, ब्राजिल तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् । यसैगरी क्रोएसिया छैटौँ, नेदरल्यान्डस् सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ तथा स्पेन दशौँ स्थानमा छन् ।

ad
ad