मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण ४ बिहीबार o६:३१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार o६:३१:oo

सार्वजनिक यातायात व्यवस्थामा सुधारका लागि के गर्नुपर्ला ?
सहरलाई मानवमैत्री बनाउने कि सवारीमैत्री, सबैभन्दा पहिले यसबारे प्रस्ट हुनुपर्छ । सडकमा सबैभन्दा बढी जोखिममा पैदलयात्रु, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका र साइकलयात्रु हुन्छन् । सहरमा हरेक वर्गका लागि पूर्वाधार बनाउनुपर्छ । ती पूर्वाधार मानवमैत्री हुनुपर्छ । सवारीसाधनमैत्री सहर बनाउने हो भने चौडा सडक र पर्याप्त पार्किङ हुनुपर्छ । मानवमैत्री बनाउने हो भने त्यहाँको सार्वजनिक यातायात सुधार्नुपर्छ । सहरी क्षेत्रमा सार्वजनिक सवारीमा सुधार गरियो भने सबैभन्दा प्रभावकारी त्यही हुन्छ ।

सहरी क्षेत्रको पार्किङलाई सहज व्यवस्थापन गर्ने उपाय के हुन सक्छ ?
घना बस्ती भएका सहरी क्षेत्रमा खाली जमिन कम हुन्छ । त्यहाँ पार्किङ व्यवस्थापनको उत्तम उपाय भनेको ‘मल्टी लेयर पार्किङ’ र ‘मल्टी स्टोर पार्किङ सिस्टम’ नै हो । नेपालका सहर पनि अब यो सिस्टममा जानुपर्छ । यसो गर्दा थोरै जग्गामा पनि धेरै पार्किङ व्यवस्थापन गर्न सकिन्छ । सबैतिर पार्किङ बनाउँदा सहर अस्तव्यस्त हुन्छ ।

पार्किङका सम्बन्धमा काठमाडौं महानगरका मेयर बालेन्द्र  साहले गरेको निर्णय कस्तो लाग्यो ?
उहाँले निजी सवारीसाधन पार्किङलाई सहज बनाउने निर्णय गर्नुभएको छ । यसले सार्वजनिक यातायातलाई निरुत्साहित र निजी यातायातलाई उत्साहित गर्छ । किनभने, पाइलैपिच्छे र सपिङ सेन्टरमा पनि पार्किङ सहज बनाउँदा निजी सवारीसाधनमा आकर्षण बढ्छ । त्यसैले, निजी सवारीसाधनलाई सीमित क्षेत्रमा मात्र निःशुल्क गर्नु उचित हुन्छ । सपिङ सेन्टरहरूमा निश्चित शुल्क लिएर पार्किङ गर्ने नियम लगाइयो भने सार्वजनिक सवारीसाधन चढ्नुपर्छ भन्ने सोच बढ्न सक्छ ।