मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Wednesday, 18 December, 2024
२o८o श्रावण २ मंगलबार o७:३५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसीको ३८ प्रतिशत रेभेन्यु बिसिसिआईले पाउने

आइसिसीको वार्षिक रेभेन्युमा पूर्णकालीन सदस्यका हकमा ८८.९१ र ९४ एसोसिएट राष्ट्रका लागि ११.१९ प्रतिशत छुट्याइएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार o७:३५:oo

नयाँ मोडेलअनुसार दक्षिण अफ्रिका, बंगलादेश, न्युजिल्यान्ड, वेस्ट इन्डिज र श्रीलंका क्रिकेट बोर्डले आगामी चार वर्षसम्म थप १३ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वार्षिक रेभेन्यु मोडेल सार्वजनिक गरेको छ । आइसिसीको वार्षिक रेभेन्युको ३८ प्रतिशत हिस्सा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले प्राप्त गर्ने जनाएको छ । भारतले आउने चार वर्षसम्म आइसिसीको रेभेन्युमा एकाधिकार राख्दा प्रतिवर्ष औसतमा दुई सय ३१ मिलियन डलर आर्जन गर्नेछ । दक्षिण अफ्रिकाको डर्बानमा सम्पन्न आइसिसीको कार्यसमितिको बैठकले प्रत्येक राष्ट्रले प्राप्त गर्ने रेभेन्यु निर्धारण गरेको हो ।

 समग्रमा आइसिसीकै एसोसिएट क्रिकेट खेल्ने राष्ट्रहरूको हकमा ६७.१६ मिलियन डलर छुट्याइएको छ । आइसिसीले एसोसिएट राष्ट्रका लागि ११.१९ प्रतिशत मात्र वार्षिक रेभेन्यु राखेको छ । आइसिसीमातहत ९४ एसोसिएट राष्ट्र छन् । कुल १०० मा १० प्रतिशतभन्दा माथि रेभेन्यु प्राप्त गर्ने बिसिसिआई मात्र एक्लो क्रिकेट बोर्ड हो । बिसिसिआईबाहेक आइसिसीको पूर्णकालीन सदस्यले १० प्रतिशतभन्दा मुनि रेभेन्यु प्राप्त गरेका छन् । 

आइसिसीको बोर्ड बैठकले पाँच सदस्यको वार्षिक रेभेन्यु १३ करोड नेपाली रुपैयाँ बढ्ने जनाइएको छ । रेभेन्युको नयाँ मोडेलअनुसार दक्षिण अफ्रिका, बंगलादेश, न्युजिल्यान्ड, वेस्ट इन्डिज र श्रीलंका क्रिकेट बोर्डले आगामी चार वर्षसम्म १३ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन् । आइसिसीबाट बिसिसिआईपछि इंग्ल्यान्ड, पाकिस्तान र अस्ट्रेलियन क्रिकेट बोर्डले धेरै 
रेभेन्यु लिन्छन् । 

गत साता डर्बानमा बसेको बैठकले रेभेन्यु वितरणको नयाँ कमिटी गठन गरेको थियो । यसै नयाँ कमिटीले प्रत्येक राष्ट्रका रेभेन्यु निर्धारण गरेको हो । यस कमिटीमा भारत, अस्ट्रेलिया र इंग्ल्यान्डका सदस्य छन् । पछिल्ला २० वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा पुरुष तथा महिला सिनियर टोलीले गरेको प्रदर्शनका आधारमै रेभेन्यु निर्धारण गरिएको आइसिसीले जनाएको छ ।

यसमा ती प्रत्येक क्रिकेट संघले आइसिसीलाई कस्तो किसिमको योगदान गरेको भनी हेरिएको छ । आइसिसीले सन् २०२४ देखि २०३१ सम्म मिडिया राइट्स प्रभावकारी रूपमा अगाडि बढाउने परियोजना ल्याएको छ । यसमा पनि भारत नै अगाडि छ । भारतले प्रतिवर्ष तीन बिलियन डलर मिडिया राइट्सबाट आम्दानी गर्छ । अस्वाभाविक रूपमा अमेरिका दोस्रो स्थानमा छ । त्यसपछि इंग्ल्यान्ड रहेको छ । इंग्ल्यान्डको स्काई स्पोर्टस्ले आइसिसीसँग महँगो मूल्यमा टिभी राइट्स किनेको छ । अमेरिका र क्यानडाले आइसिसीसँग चार वर्षको टिभी राइट्स किनेका छन् ।