मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Wednesday, 18 December, 2024
२o८o असार ३१ आइतबार १६:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ठूला डेरी उद्योगको अनुगमन गर्न कृषिमन्त्रीलाई किसानको आग्रह  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार १६:३६:oo

चितवनका पशुपालक किसानले ठूला डेरी उद्योगले नियमविपरीत भारतबाट दूध र दूधजन्य पदार्थ ल्याएर दूध खरिद गर्न छाडेको भन्दै डेरी उद्योगहरूको अनुगमन गरिदिन अनुरोध गरेका छन्।

शनिबार चितवन आएका कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालसँग दूध नबिक्ने समस्या सुरु भएको भन्दै समस्या हल गर्ने उपायसहित अनुरोध गरेका हुन्। 

जिल्ला दुग्ध उत्पादक सहकारी संस्थामार्फत गएको एक टोलीले मन्त्रीलाई लम्पी स्किनले गोठ रित्याइदिने त्रास चुलिएको वेला दिनरातको मिहिनेतले उत्पादन गरेको दूध नबिक्ने पिरलोले थप तनाव दिएको भन्दै गुनासो गरेका थिए।

भारतबाट नेपालको माग पूरा गर्ने र यहाँ दूध धेरै भएको देखाएर किसानको दूधको मूल्य घटाउने नियतले डेरी उद्योग लागेको किसानको गुनासो थियो।

केही महिना अघिसम्म दूध अपुग भयो भन्ने डेरी उद्योगहरूले अहिले कोटा तोकेर मात्रै दूध लिन थालेपछि मन्त्रीलाई गुनासो लिएर पुगेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए। 

बजारमा दूध धेरै भयो रे, अनि हाम्रोबाट कम्ती मात्रै लिन थालेको डेरीहरूको भनाइ छ उनले भने– यही अवस्था रहेमा जिल्लामा अघोषित ‘मिल्क होलिडे’ निम्तिने अवस्था छ। मधेस प्रदेशपछि चितवन दूधमा आत्मनिभर जिल्ला हो।

किसानका अनुसार दूधको बजार सधैँ राम्रो हुने सम्भावना देखेरै किसानले ऋण काढेरै भए पनि गाई र भैँसी थपेर गोठ विस्तार गरेका छन्। तिनको हेरचाहदेखि स्वास्थ्योपचारसम्ममा लगानी बढाएका छन्। 

तर, जब उत्पादन बढेर आम्दानी पनि बढ्ने वेला आयो, बजारमा दूध बिक्नै सकस हुन थालेको छ। किसानसँगको भेटमा मन्त्रीले तत्काल हुने काम गरिहाल्ने र बाँकी कामलाई ऐन बनाएर अघि बढ्ने बताए। उनले  सीमा क्षेत्रमा भारतबाट आउने दूध र दूधजन्य उत्पादन रोक्न कडाइ गर्नेसमेत बताएका छन्।