१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ३१ आइतबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

आर्थिक संकट झेलिरहेको पाकिस्तानको झन्डामा ४० करोड खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार १o:१२:oo

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट कडा सर्तसहित ऋण स्वीकृत भएपछि आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले सबैभन्दा अग्लो झन्डा लहराउने होड सुरु गरेको छ । पाकिस्तानको पन्जाब राज्य सरकारले ७६औँ स्वतन्त्रता दिवस (१४ अगस्ट)मा पाँच सय फिट अग्लो झन्डा फहराउने निर्णय लिएको छ । यसमा ४० करोड पाकिस्तानी रुपैयाँ खर्च हुने बताइएको छ । 

पन्जाब राज्यलाई विदेशी ऋण तिर्न आगामी दुई वर्षमा कम्तीमा २० अर्ब रुपैयाँ चाहिन्छ । तर, पन्जाब सरकारले भने लाहोरको स्वतन्त्र चोकमा झन्डा फहराउने घोषणा गरेको छ 

आइएमएफ सम्झौतापछि साउदी अरब र युएईले गरे सहयोग

आइएमएफ र पाकिस्तान सरकारबीच नौ महिना लामो स्ट्यान्डबाई एरेन्जमेन्ट भएपछि ११ जुलाईमा साउदीले पाकिस्तानलाई दुई अर्ब डलर दियो । लगत्तै संयुक्त राज्य अरब (युएई)ले पनि एक अर्ब डलर सहयोग गर्‍यो ।

अपेक्षाभन्दा धेरै सहयोग
पाकिस्तानले पाएको तीन अर्ब डलरको राहत प्याकेज उसको अपेक्षाभन्दा बढी भएको बताइएको छ । सन् २०१९ मा भएको सम्झौताका आधारमा दुई अर्ब ५० करोड डलर प्राप्त हुनुपर्ने थियो । पाकिस्तान र आइएमएफबीच ६ अर्ब ५० करोड डलरको ऋणमाथि २०१९ मै सहमति भएको थियो । यसैमध्येको दुई किस्ता पाकिस्तानले प्राप्त गरिसकेको छ । 

टाट पल्टिने सँघारमा
आइएमएफसँग सम्झौता हुनुपूर्व पाकिस्तान टाट पल्टिने सँघारमा थियो । गत महिनाको महँगीलाई हेर्दा आमसर्वसाधारणको दैनन्दिन जीवनलाई प्रभावित पारेको छ । समाचारअनुसार गत महिना टमाटरको मूल्य १.११ प्रतिशतले, चिकेन २.८७, प्याज ७.३१, चिया १.५६, नुन १.०८, आटा ४.०६ र ग्यासको मूल्य ४.४६ प्रतिशतले बढेको छ । 

ad
ad
ad
ad