१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३१ आइतबार o७:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पिपिए खुलाउन ऊर्जामन्त्रीलाई आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार o७:o५:oo

नेपाल उद्योग परिसंघले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्न ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रह गरेको छ । परिसंघको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री बस्नेतलाई भेटेर देशको अर्थतन्त्र र ऊर्जा क्षेत्रका विषयमा छलफल गरेको थियो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पिपिए पूर्ण रूपमा खुला गरी निर्माणको वातावरण बनाउन आग्रह गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन उनले आग्रह गरे ।

विद्युत् निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगहरूले सहज रूपमा विद्युत् नपाएको जानकारी गराउँदै अध्यक्ष अग्रवालले यसले उद्योगहरूको उत्पादन लागत बढाउन भूमिका खेलेको गुनासो पोखे । यस्तै, सरकारले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन पनि उनले आग्रह गरे । 

मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । उनले हालकै लागतमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न २० खर्बबराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने औँल्याए । समग्र ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको पनि उनले जानकारी गराए ।