१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

हामी स्थायित्वको पक्षमा छौँ : लामिछाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:२९:oo

सरकार हेरफेरको चर्चा र आन्तरिक दौडधुप चलिरहेका वेला संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले आफू स्थायित्वको पक्षमा रहेको अर्थपूर्ण अभिव्यक्ति दिएको छ । बिहीबार संसदीय मामिला पत्रकारहरूसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले आफूहरू सरकारमा सहभागी हुने दौडमा नरहेको पनि स्पष्ट पारेका छन् । 

‘हामी स्थायित्वका पक्षमा छौँ । जनतामा सरकार आज नै ढल्ला कि भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने हामी चाहन्छौँ । जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यो नै हो,’ उनले भने, ‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागिताका लागि प्रस्ताव राख्नुभएकै हो, तर हामीले जाने इच्छा गरेनौँ । सरकारमा जाने च्याप्टर अहिले बन्द छ । हामी संगठन र दस्ताबेज निर्माणमा छौँ ।’

लामिछानेले प्रतिपक्षमा रास्वपालाई एमालेको पिछलग्गु भनेकोमा पनि आपत्ति जनाए । ‘पहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । तर, हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्र रूपमा निर्णय गरेको दल नै कम पाइन्छ । गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो, त्योअनुसार हामी गयौँ । सरकारमा बस्न सकुन्जेल बस्यौँ । जब त्यो सहमति टुट्यो, त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन,’ उनले भने, ‘त्यसपछि प्रतिपक्षमा एमाले ठूलो दल भएकाले हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । प्रतिपक्षी बेन्चमा सँगै छौँ, तर सबै मुद्दा एक छैनन् ।’ 

उपराष्ट्रपतिको निर्वाचनमा जनमतलाई मत दिएर रास्वपाले अरू दलभन्दा फरक निर्णय गरेको उदाहरणसमेत उनले सुनाए । ‘संविधानको मर्मअनुसार उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने कुरालाई मध्यनजर गरेर जनमतलाई भोट हाल्यौँ । अहिले पनि प्रतिपक्षमा मुद्दा होलान्, तर सबै एउटै हुन सक्दैन । जस्तो सांसद विकास कोषको नाम जे दिए पनि हाम्रो आफ्नै अडान छ । एमालेको अडान के हो त ?’ लामिछानेको प्रश्न थियो । 
 

ad
ad