मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Thursday, 19 December, 2024
२o८o असार २८ बिहीबार २१:५४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

विपदबाट क्षति पुगेका ४१ किसानलाई एक करोड ५७ लाख राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार २१:५४:oo

बागमती प्रदेश सरकारले प्राकृतिक र गैर प्रकृतिक विपदवाट प्रभावित ४१ किसानलाई एक करोड ५७ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष ०७९-८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्रदेशका ४१ किसानलाई राहत स्वरूप एक करोड ५७ लाख ७५ हजार एक सय ६० रुपैयाँ रकम वितरण गरेको हो । 

मन्त्रालयले प्रदेशका ११ जिल्लाका विभिन्न ४१ वटा फर्म तथा व्यक्तिहरूलाई राहत रकम वितरण गरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । उनले स्वीकृत भएको राहत रकम किसानकै खातामा जम्मा भइरहेको बताए ।

अधिकारीका अनुसार सबैभन्दा बढी चितवनका १२, मकवानपुरका १०, काभ्रेका आठ, नुवाकोट, ललितपुर र धादिङको दुई-दुई तथा सिन्धुली, भक्तपुर, दोलखा र काठमाडौंका एक-एकजना कृषक तथा कृषि फर्मलाई राहत रकम वितरण गरिएको हो ।

कृषकहरूले ६ हजारदेखि १० लाख रुपैयाँसम्म राहत रकम प्राप्त गरेको पनि सूचिना अधिकारी अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार राहत रकम वितरणको लागि मन्त्रालयले २३ मंसिर ०७९ सार्वजनिक सूचनामार्फत विपदबाट प्रभावित किसानलाई निवेदन दिन आह्वान गरेको थियो । 

यस्तै, हाल मन्त्रालयमा ६ वटा नयाँ निवेदन दर्ता भएको र ११ वटा निवेदनको कागजातमाथि छानबिन प्रक्रिया सकेर राहत रकम उपलब्ध गराउन निर्देशन समितिमा पेस गर्ने तयारीमा रहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए । 

यस आर्थिक वर्षमा राहत वितरण हुन नसकेको निवेदनलाई आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने मन्त्रालयले योजना बनाएको अधिकारीको भनाइ छ । मन्त्रालयले विपदबाट प्रभावित हुन सक्ने कृषक र कृषि फर्महरूको लागि आगामी आर्थिक वर्ष ०८०-८१ मा समेत पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि सूचना अधिकारीले अधिकारीले जानकारी दिए ।