जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
काठमाडौंमा रजिस्टर्ड कार्यालय रहेको जोशी हाइड्रोपावरले हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको प्रतिसेयर अंकित एक सय रुपैयाँका दरले १ कित्ता सेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ ।