१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २७ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २७ बुधबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

कोरियाको सहयोगमा १५० शय्याको अस्पताल बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २७ बुधबार १o:३o:oo

कोरियाको आर्थिक सहयोगमा भक्तपुरको ठिमीमा १५० शय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । हाल नेपाल कोरियामैत्री नगरपालिका अस्पताल रहेकै स्थानमा नयाँ अस्पताल बन्ने भएको हो । अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकासका कार्यक्रमलगायतमा पनि कोरियाले सहयोग गर्नेछ । नयाँ अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रभावकारी बनाउन हाल सञ्चालनमा रहेको अस्पताल र नयाँ अस्पतालका भवन आपसमा जोडिनेछ । 

कोइकामार्फत पाँच वर्ष (२०२७ सम्ममा पूरा हुने) योजनाका लागि कोरियाले ९.५ मिलियन अमेरिकी डलर (एक अर्ब २५ करोड ४० लाख) खर्च गरिने भएको छ । यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरठिमी नगरपालिका र नेपाल कोरियामैत्री अस्पतालले कार्यान्वयन गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अस्पताल निर्माण सहयोगका लागि अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको दूतावासबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र कोरियाली राजदूत पार्क तेर्‍योङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, मध्यपुरठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको प्रतिनिधिहरूको उपस्थिति थियो ।

ad
ad
ad
ad