१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले थ्रिडी आर्ट म्युजियममा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१८:oo

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले थ्रिडी आर्ट म्युजियममा छुट पाउने भएका छन् । ललितपुरको इमाडोल र भक्तपुरको राधेराधेमा रहेको म्युजियममा सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो ।  

समझदारीअनुसार सिटिजन्स बैंकका ग्राहकले आर्ट म्युजियममा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले हाल देशभरमा एक सय ८८ शाखा, तीन विस्तारित काउन्टर, एक सय ४३ एटिएम, ६ कयोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad