Skip This
‘भावनामा आएर बोलेको एउटा कुराले राष्ट्रिय स्वाधीनताका लागि गरेको मेरो लडाइँ सकियो ?’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २५ सोमबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘भावनामा आएर बोलेको एउटा कुराले राष्ट्रिय स्वाधीनताका लागि गरेको मेरो लडाइँ सकियो ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २५ सोमबार १७:२१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहको पुस्तक विमाेचनका क्रममा आफूले भावनामा आएर दिएकाे अभिव्यक्ति विवादित भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले भारतीय नागरिक प्रीतम सिंह सामाजिक सेवा र यातायातमा मात्र नभई राजनीतिमा पनि रुचि राख्छन् भन्ने प्रसंगमा सो विषय उल्लेख गरेको प्रस्टीकरण दिएका हुन्। जेठी छोरी ज्ञानु दाहालको उपचारका लागि भारत जाँदा सिंहसँगको निकट सम्बन्धका कारण उनकै घरमा बसेको र सो क्रममा सिंहले आफूलाई प्रधानमन्त्रीको उपयुक्त पात्र रहेको बताएकाे प्रचण्डले उल्लेख गरे।

‘यो परिवर्तन ल्याउने मुख्य व्यक्ति तपाईं हो, त्यसकारण प्रधानमन्त्री तपाईं हुँदा पनि हुन्छ। मैले त दिल्लीमा पनि कुरा गर्ने गरेको छु। नेपालमा पनि कुरा गर्ने गरेको छु, पार्टीहरूसँग भन्नुभयो उहाँले,’ सिंहको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीले भने।

सिंह कुनै शक्ति केन्द्र नभई एउटा सामान्य व्यक्ति भएको उल्लेख गर्दै उनले आवश्यक नभएको विषयमा आफूले भावनामा आएर अभिव्यक्ति दिनु गलत भएकाे बताए।

‘त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ। म ज्ञानुको बुबा भएर बोलेँ। त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ र प्रीतम सिंहका सदासयताका निम्ति धन्यवाद दिन पुगेँ। त्यति त हो कुरा,’ उनले भने, ‘मैले हिजो क्रान्तिकालमा राष्ट्रको स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति लडाइँ लडेको वर्षौँसम्म, काटियो सिद्धियो यतिले? नाकाबन्दी हुँदा मैले लिएको अडान र गरेको संघर्ष प्रतिपक्षका साथीहरूलाई राम्रोसँग थाहा छ। मेरो एउटै भावनात्मक अभिव्यक्तिले सबै सकियो त?’