मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o असार २५ सोमबार ११:२१:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २५ सोमबार ११:२१:oo

कार्यालयको काम र घरायसी काम दुवैमा उत्तिकै व्यस्त हुने भएकाले महिलाहरूले फिटनेसका लागि खासै समय दिन पाएका हुँदैनन् । जसकारण, मोटोपनको समस्या देखिने गरेको पाइन्छ । व्यस्तताकै कारण घरमै जिमका मेसिन ल्याएर जिम गर्ने चलन पनि बढ्दो छ । घरमै व्यायाम वा योगा गर्नु राम्रो हो । तर, कतिपय अवस्थामा सन्तुलित रूपमा व्यायाम सामग्रीको प्रयोग गर्न नजान्दा शरीरमा असरसमेत देखिने गरेको पाइन्छ । जिम सेन्टरमा गएर प्रशिक्षकको प्रत्यक्ष निगरानीमा जिम गर्दा यी समस्या देखिँदैनन् । 

यस्तो फिजिकल एक्सरसाइज गर्ने 
महिलाका लागि जम्प, म्याट एक्सरसाइज, सेटअप, पुसअप, वेट लिफ्टिङ आदि शारीरिक व्यायाम लाभदायक छन् । यद्यपि, सबै उमेर र अवस्थाका महिलाले कडा शारीरिक परिश्रम हुने खालका एक्सरसाइज गर्नुहुँदैन । फिजिकल एक्सरसाइज खासगरी युवापुस्ताका लागि उपयुक्त मानिन्छ । त्यस्तै, मसल्स बनाउन चाहनेहरूका लागि पनि यो उपयोगी हुन्छ । 

कार्डियो ट्रेनिङ गर्ने 
अवस्था र उमेर हेरेर कार्डियो अभ्यास गर्नुपर्छ । यसअन्तर्गत रनिङ, साइक्लिङ, सामान्य शारीरिक व्यायाम, लाइभ लाइट लिफ्टलगायत पर्छन् । कार्डियो एक्सरसाइज गर्दा रक्तचापमा कमी, ढाड तथा गर्दन दुखाइ, नसासम्बन्धी समस्याबाट मुक्त हुन सहयोग पुग्छ । युवती र अधबैँसे महिलाले कार्डियो एक्सरसाइज गरेमा फिट रहन र तौल घटाउन मद्दत गर्छ । छालामा चमक ल्याउन, इनर्जी बढाउन, शरीरमा अक्सिजनको मात्रा सजिलै आपूर्ति गर्न कार्डियो एक्सरसाइज गर्न जरुरी छ । 

सेट एक्सरसाइज
सेट एक्सरसाइजमा प्रत्येक दिन शरीरका फरक–फरक अंग तथा मांसपेशीको अभ्यास गरिन्छ । प्रत्येक मांसपेसीलाई बलियो बनाउन, हड्डी र जोर्नी खिइने समस्याबाट मुक्त हुन यो एक्सरसाइज महत्वपूर्ण मानिन्छ । खासगरी, सौन्दर्य बढाउन र फिगर मेन्टेन गर्न महिलाले सेट एक्सरसाइज गर्दा राम्रो हुन्छ । 

ब्यालेन्स डाइट महत्वपूर्ण 
जिम सेन्टरमा गएर एक्सरसाइज मात्रै गरेर पुग्दैन । एक्सरसाइज गर्दा महिलाले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कस्तो अभ्यास गरिराखिएको छ, त्यस्तै खानेकुरा खान आवश्यक हुन्छ । तौल घटाउन गरिएको एक्सरसाइजका लागि कम क्यालोरी भएको खानेकुरा खानुपर्ने हुन्छ । सामान्यतया, महिलामा भइरहने हर्मोन परिवर्तनका कारण समस्या आउने भएकाले एक्सरसाइजसँगै खानपिनमा पनि ध्यान दिन जरुरी हुन्छ । त्यसैले समय–समयमा पौष्टिक तत्वयुक्त खानेकुरा पनि खाइराख्नुपर्छ । यसका लागि प्रशिक्षकसँग सल्लाह लिएर खानेकुरा पनि मिलाएर खानु राम्रो हुन्छ ।